AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य क्षेत्रमा विराटनगर महानगरको उल्लेख्य सुधार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०८२, सोमबार १८:३७
36
Shares
विराटनगर/कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।

मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षाकार्यक्रममा १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफलभएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगर १६ औं स्थानबाट पाँचौं भएको थियो ।

पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धिहासिल गरेको स्वास्थ्य महाशाखाका प्रमुख डा. दिलीपकुमार यादवले बताए । ‘अघिल्लो आर्थिक वर्ष भन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘हामीले आगामी दिनमा केही मेहेनत थप्यौं भने अझै राम्रो गर्न सक्छौं । प्रमुखज्यू, उपप्रमुखज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यूको निरन्तरको मार्ग निर्देशनले यो उपलब्धि पाएको भन्ने हामीलाई लाग्द छ । अबको लक्ष्य पहिलो हुने हो ।’

महानगरको कुशल नेतृत्व र टिमवर्कका कारण महानगरले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न सकेको जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए । कार्कीका अनुसार स्वास्थ्यका ४८ वटा विभिन्न सूचकहरूबाट मूल्यांकनका आधारमा स्थान तय गरिन्छ । कार्कीले चालु आर्थिक वर्षमा पहिलो नम्बरमा पर्ने लक्ष्य सहितकार्य गरिरहेको जानकारी दिए । महानगरका सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरूको अथक प्रयास र मेहनताका कारण यो सफलता प्राप्त गरेको उनको भनाइ छ ।

आज विराटनगरमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख यादव, जनस्वास्थ्य अधिकृत कार्की र तथ्यांक अधिकृत दीपक भट्टराईले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर