AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री कार्कीबाट दशैंको शुभकामना : “समृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा पूरा गर्ने प्रेरणा मिलोस्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०८२, बिहीबार ०९:४४
3
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले आज टीकाको शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताले आत्मसात गर्दै आएको पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

“विजयादशमीले दुष्टतामाथि सद्भाव र सत्यको विजयको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न सबै नेपालीलाई नयाँ उमंग र उर्जा प्रदान गर्ने अपेक्षा गरे।

कार्कीले हालको राजनीतिक चुनौती, संवैधानिक मार्गदर्शन र सामाजिक विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले कोशी प्रदेश सरकार मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको चर्चा गर्दै यस्ता पर्वले हामीबीचको भाइचारा र एकता बढाउने उल्लेख गरे।

दशैंले नयाँ उमंग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाई सबै नेपालीमा आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्ने मुख्यमन्त्री कार्कीको शुभकामनामा बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर