पूर्वाञ्चल खबर
गत भदौ २४ गते जेनजीको आन्दोलनको क्रममा ध्वत भएको कार्यालयको आज अर्थमन्त्री खनालले निरीक्षण गरेका हुन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण अर्थमन्त्री खनाललाई सुनाएका थिए । उनका अनुसार आन्दोलनको क्रममा सुर्तीजन्य तथा मदिरामा प्रयोग हुने अन्त शुल्क स्टिकर जम्मा ४७ लाख ७० हजार थान जलेर नष्ट भएको छ । त्यसैगरी चारपाङग्रे सवार साधान ४ थान, दुईपाङ्ग्रे सवारी साधान ११ थान, डेस्कटप कम्प्युटर ४४ थान, ल्यापटक ६ थान, प्रिन्टर तथा स्क्यानर ३९ थान, दराज २४ थान पूर्ण रुपमा क्षति भएको उनले बताए । अहिले कार्यालयको परिसर भित्र रहेको पार्किङ स्थलबाट सेवाग्राहीलाई सेवा दिदै आएको उनले बताए । दैनिक ५० जनासम्मले सेवा लिदै आएका छन् । मोरङमा जम्मा २ लाख १६ हजार ३७६ करदाता रहेका छन् ।