AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ विराटनगरमा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०८२, मंगलवार १६:२५
180
Shares
विराटनगर / भारतबाट नेपालतर्फ ल्याइएको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ।

आज दिउँसो १२ बजेर ४५ मिनेटतिर विराटनगर महानगरपालिका–१७ मा गरिएको चेकजाँचका क्रममा यो रकम फेला परेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले शंकास्पद रूपमा नेपाल प्रवेश गरेको मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलको खानतलासी गर्दा लुकाइछिपाइ राखिएको रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद भएको रकममा १ हजार दरका २८४ थान र ५ सय दरका २,३३२ थान नेपाली नोटहरू छन्।

रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले साहलाई पनि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार यो रकम अवैध हुण्डी कारोबारको हुनसक्ने देखिएको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरी प्रवक्ता चुँडालले बताइन्। यो घटनाले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर सतर्कताको आवश्यकता देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर