AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नैतिकताको जिम्मेवारी लिन्दै गृहमन्त्री लेखकले दिए राजीनामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०८२, सोमबार २१:१०
54
Shares
काठमाडौं / गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।

आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर