AArya
RUMPUM
animated ellipse animated ellipse

२१ स्वर्ण पदकसहित विराटनगरको एभरेष्ट स्कुल अन्तर विद्यालय पौडी प्रतियोगितामा प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०८२, आईतवार १८:४९
90
Shares
विराटनगर/ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल २१ वटा स्वर्ण पदकसहित अन्तर विद्यालय पौडि प्रतियोगितामा प्रथम भएको छ ।

शुक्रबार र शनिवार सम्पन्न प्रतियोगितामा विराटनगरकै दिल्लि पब्लिक स्कुल (डीपीएस) ६ स्वर्ण पदकसहित दित्तिय भएको छ भने सेन्ट मेरी स्कुल २ स्वर्ण ३ रजत र ७ कास्य पदक सहित तेस्रो भएको छ ।

सुनसरी र मोरङका गरि करिब तीन दर्जन विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय प्रतियोगितामा विभिन्न ३९ वटा विधामा स्पर्धा भएको थियो । विराट पौडी तालिम केन्द्रको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्याब्सनका सल्लाहकार टिकाराम पुरीले ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।

आयोजक संस्थाका अध्यक्ष इन्द्रजित राजभण्डारीले अन्य खेलजस्तै पौडीको पनि अन्तर्राष्ट्रिय स्तरमा उत्तिकै महत्व रहेको भन्दै विद्यार्थी खेलाडीहरुलाई प्रतिष्पर्धात्मक बनाई क्षमता विकास गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

प्रमुख अतिथि पुरीले पौडी खेलले खेल क्षेत्रको मात्र नभई स्वयम् खेलाडीको जीवनलाई पनि स्वस्थकर रहन महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गरे। उनले हरेक खेलले देशको समेत इज्जत राख्ने हुँदा खेलाडीहरुले इमान्दारीता र लगनका साथ खेल्नुपर्ने बताए । उनले खेलकुदले मानिसलाई अनुशासित समेत बनाउने विश्वास ब्यक्त गरे। एभरेष्ट कलेजको स्वीमिङ पूलमा भएको खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्न लवकुमार पटेवा, आयुष लामा, मेघराज गुरुङ, डम्बर थापा र धर्मध्वज लामालगायतका ‘अफिसियल’हरुले भूमिका निर्वाह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर