AArya
RUMPUM
animated ellipse animated ellipse

पोलस्टारले ग¥र्यो नागरीकलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७३, मंगलवार १७:४६
3
Shares
सम्मानित भएका जेष्ठनागरिक
विराटनगर, २९ चैत / विराटनगरको पुष्पलाचोकमा रहेको पोलस्टार मन्टेस्वरी एण्ड सेकेन्डरी बोर्डिङ स्कूलले एकै थलोमा ८० जना जेष्ठ नागरिकलाई भेला पारी सम्मान गरेको छ ।
स्कूलले आज स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
छोरा छोरी, नातीनातिनाहरुलाई अमूलय शिक्षा प्रदान गरी भविष्य निमार्ण गर्न ठूलो भूमिका निभार्ह गरेको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरिएको स्कूलका प्रिन्सिपल गोपालप्रसाद रिजालले जानकारी दिए ।
स्कूलमा अध्ययरत विद्यार्थीका ७० वर्ष उमेर पार गरेका हजुरबुवा, हजुरआमालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरुलाई स्कूलका प्रिन्सिपल रिजाल, कार्यक्रम संयोजक बलभद्र नेपाल, समाजसेवी द्धारीकाप्रसाद दाहाल, तोयानाथ घिमिरेलगायले सम्मान गरेका थिए ।
स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि पनि विभिन्न गतिविधीहरु आयोजना गर्दै आएको प्रिन्सिपल रिजालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर