विराटनगर, २९ चैत / विराटनगर – ९ मा रहेको भानु कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापक संकायका १२ औं ब्याचका ३ सय ५५ जना अध्यनरत विद्यार्थीहरुलाई दोसल्ला ओढाई मायाँको चिनो दिएर बिदाई गरेको हो ।
कार्यक्रममा कलेजमा लिएको आन्तरीक, हिसान तथा बोर्ड परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहिद सम्मान गरेको छ ।
कार्यक्रममा कलेजका कलेजका को–अर्डिनेटर आरसी कोइराला, कलेजका सञ्चालकद्वय प्रा.डा. देवेन्द्र अधिकारी र तुलसी खतिवडा, शिक्षक यमुना दत्तलगायत मन्तव्य राख्दै भानु कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।
त्येसैगरी विदाई हुन लागेका विद्यार्थी विनिल अधिकारी र सिसीर खनालले कलेजमा दई बर्ष अध्यनरत गर्दाको अनुभव सुनाएका थिए । विदाई कार्यक्रमको सभापतित्व कलेका प्रिन्सिपल देवेश प्रधानले गरेका थिए ।