खबर पूर्वाञ्चल
पुरानो चलनअनुसार महिलाहरूले तीज अघिको रात घर–परिवारसँग मिलेर सादा दर खाई, धार्मिक भावना बोकेर ब्रत बस्ने गर्थे। तर अहिले भोज, महंगा होटल, डिजे, र फेसन शो जस्ता कार्यक्रमहरू यसमा मिसिँदै गएपछि तीजको सार नै हराउँदै गएको बुढापाकाले महसुस गर्न थालेका छ्न्।
स्थानीय सामाजिक अभियन्ता विमला न्यौपाने भन्छिन, ूतिज पर्व हाम्रो परापूर्व कालदेखि मनाउदै आएको ऐतिहासिक महत्व बोकेको पर्व हो, हाम्रो मौलिक सस्कृति र परम्परालाइ रक्षा गर्दै समाजमा सहभाव राख्दै भड्किलोपन नगरि सौहार्दपुर्ण वातावरणमा मनाउन आफु र आफ्नो समाजमा परिवर्तनको बिगुल फुक्न आवश्यक देखिन्छ । धार्मिक आस्था र नारी सशक्तिकरणसँग जोडिएको चाडलाई देखावटी, खर्चिलो प्रतिस्पर्धा र सांस्कृतिक विकृतिले छोप्न थालेको छ। यो चिन्ताको विषय हो।ू
बर्ष भरी काम गरेर एकदिन साथीहरु भेला भएर रमाइलो गर्नु राम्रो कुरा हो तर दरको नाममा महिनौ भेला हुनु भनेको चाहिँ तेत्ती राम्रो हैन
सांस्कृतिक विश्लेषकहरूका अनुसार परम्परा र आधुनिकता दुवैलाई सन्तुलनमा राख्दै तीजको मौलिक पक्ष जोगाउनु अहिलेको आवश्यकता हो। तीजको दर परम्परा हो वा विकृति – यो बहसको विषय भर्इ सकेको छ, तर यसको सार हराउनु भने समाजका लागि चिन्ताजनक संकेत हो।