RUMPUM
animated ellipse animated ellipse

माहोल बन्दैछ चुनावको

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७३, सोमबार १७:०२
3
Shares
विराटनगर, २८ चैत / निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानिय तहाको निर्वाचन सम्पन्न गर्न कुनै समस्या नरहेको बताएका छन ।
निर्वाचन आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षण गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन ।
लामो समयपछि भएको स्थानिय तहको निर्वाचन सम्पन्न गर्न जनता निकै उत्साहित भएको बताउँदै उनले उनीहरुले नै निर्वाचन सम्पन्न गराउन सुरक्षा दिने बताए ।
निर्वाचन सम्पन्न गराउनका तीव्र गतिमा काम भइरहेको बताउँदै आयुक्त दाहालले मतपत्र छपाई र नामावली तयारपार्ने काम सम्पन्न भइसकेको र मतदाता परिचयपत्रको तयारीको काम अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।
उनले मुलुक निर्वाचनमय भएको र प्रदेश नं–२ बाट पनि सकारात्मक सन्देशहरु प्राप्त भइरहेको बताए ।
मंगलवार सम्म चल्ने प्रशिक्षण गोष्ठीमा ताप्लेजुङ्, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुमका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा समन्वयकर्ताहरु गरी ५ दर्जनको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर