AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रामथानको रवि आधारभूत विद्यालयमा ‘‘नशामुक्त समाज’ अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०८२, सोमबार १९:२७
108
Shares
विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–२ स्थित श्री रवि आधारभूत विद्यालयमा नशामुक्त समाज निर्माणको सन्देश फैलाउने उद्देश्यसहित विशेष अभियान सञ्चालन गरिएको छ।

विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा भारतको राजस्थानस्थित माउन्ट आबुमा केन्द्रीय कार्यालय रहेको संस्था ‘ब्रह्माकुमारी’सँग आबद्ध टोलीले विद्यार्थीहरूलाई नशा विरुद्धको चेतना प्रदान गरेका हुन्।

कार्यक्रममा सहभागी प्रशिक्षकहरूले बालबालिकालाई प्रारम्भिक उमेरमै नशाको असरबारे जानकारी गराउँदै स्वस्थ जीवनशैली, आत्मअनुशासन र सकारात्मक सोच विकास गर्न प्रेरित गरेका थिए। उनीहरूले अभिभावक र शिक्षकको भूमिकालाई समेत नशामुक्त समाज निर्माणमा महत्वपूर्ण रहेको बताए।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले अभियानले विद्यार्थीमाझ सकारात्मक सन्देश दिएको भन्दै सन्तोष व्यक्त गरे। उनले भने,
“नशाले युवापुस्तालाई बिनाशको बाटोमा लैजाँदैछ। अहिलेको पुस्ता बचाउने हो भने विद्यालयमै यस्ता चेतनामूलक कार्यक्रम नियमित हुन आवश्यक छ। आजको सन्देशले हाम्रा विद्यार्थीहरूमा चेतना र आत्मविश्वास बढाएको छ। उनीहरूले नशाबाट टाढा रहने प्रण समेत गरेका छन्।” उनका अनुसार विद्यालयले आगामी दिनमा पनि मानसिक र नैतिक शिक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

कार्यक्रममा कक्षा ५ देखि ८ सम्मका करिब सयौं विद्यार्थीको उपस्थिति थियो। शिक्षकमात्र नभई अभिभावकहरू समेत सहभागीता रहेको थियो । विद्यालयले यस्ता अभियानले बालबालिकामा जिम्मेवार नागरिक बन्ने बाटो खोल्ने विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर