AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रामथानमा नमोनारायणको मनपरि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०८२, शुक्रबार १८:२४
171
Shares
विराटनगर / गाउँ कार्यपालिका बैठकले पारित नै नगरेको विधेयकलाई पारित भएको भन्दै गाउँ सभाबाट बाँडेपछि प्रश्न उठाउने दुईजना वडाध्यक्षलाई मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ‘अनुशासन उल्लङ्घन गरेको’ अभियोग लगाउँदै गाउँसभामा सात दिन उपस्थित हुन नपाउने आदेश दिएका छन् ।

आज आयोजित गाउँसभामा अध्यक्ष माझीले पासै नभएको विधेयकहरु पास भइसकेको र नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी गाउँसभामा पेश गरेको भन्दै वडा नम्बर १, ५ र ७ का वडाध्यक्षहरुले प्रश्न गरेका थिए । तर पालिका अध्यक्ष माझीले भने गाउँसभाको अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै वडा नम्बर ५ र ७ का वडाध्यक्षहरुलाई सभाबाट निकाल्न पहिल्यै बोलाइएका प्रहरीलाई आग्रह गरे । त्यसको विरोधमा वडाध्यक्षहरु उत्रिएपछि उनले कारवाहीको डण्डा चलाएका थिए ।

गाउँसभामा आफ्नो गैरकानुनी कदमको विरोध भएपछि माझी आफैं सभा हलको ढोकामा पुगेर गाउँसभाका सदस्यहरु माथि औंला ठड्याउँदै अमर्यादित रुपमा प्रस्तुत भएको बताईएको छ । माझी गाउँसभाका सदस्यहरुको प्रश्नको जवाफ दिनुको साटो गाउँसभाको बैठक नै स्थगित गर्दै बाहिरिने क्रममा तीन जना वडाध्यक्षमाथि कारवाही गरेको घोषणा गरेपछि विवाद चर्किएको थियो । आफूसँग विवाद गरेको र अनुशासन उल्लंघन गरेको आरोपमा वडाध्यक्षहरुलाई निस्कासित गरिएको छ ।

निस्कासित हुनेमा गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र ५ नम्बरका अध्यक्ष भेषनारायण चौधरी छन् । उनीहरु दुवै एमालेबाट निर्वाचित हुन् । अध्यक्षलाई प्रश्न गरेकै कारण आफूहरुलाई यस्तो कारबाहीको घोषणा भएको भन्दै दुवै वडाध्यक्षले यसको कानुनी उपचार खोज्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर