AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रीनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ असार २०८२, शनिबार १९:०२
621
Shares
काठमाडौं/कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ।

चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन्।

कलेजले विशेषगरी मेडिकल, इन्जिनियरिङ र सिम्याट(CMAT) प्रवेश परीक्षामा उपत्यका बाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

सम्मान प्राप्तिपछि कलेज प्रशासनले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ।

कलेज परिवारका अनुसार यस्तो सम्मानले भविष्यमा अझ लगनशीलताका साथ शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रेरणा मिलेको छ।

ग्रीनल्याण्ड कलेज विगतदेखि नै विज्ञान तथा व्यवस्थापन सङ्कायमा उत्कृष्ट शैक्षिक परिणामका कारण लोकप्रिय रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर