AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०८२, सोमबार १८:३८
153
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा आजदेखि ७ दिने तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक वर्षदेखि सञ्चार प्रतिष्ठानले गर्ने बताउनुभयो । मन्त्री भण्डारीले असार सम्ममा सञ्चार विधेयक पास गरिने बताए । पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल, सल्लाहकार नवराज कट्टेल, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, प्रेस सेन्टर मोरङ अध्यक्ष नविन कर्ण, प्रेस मञ्च मोरङ अध्यक्ष मुकेश यादवले शुभकामना मन्तव्य व्यक्त गरे । असार १ गते सम्म सञ्चालन हुने तालिममा ३३ जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर