खबर पूर्वाञ्चल


कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताए । उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाए । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उनले भने ।


विराटनगरबाट प्रकाशित हुने खबर पूर्वाञ्चल डटकमले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको कार्यक्रममा बताइएको थियो ।
समारोहमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभय राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए । सबै वक्ताहरूले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताए। साथै, पत्रकारिताको क्षेत्रमा ठूलो योगदान र्पुयाएकोमा खबर पूर्वाञ्चल अनलाइनलाई बधाई तथा शुभकामना दिए ।
खबरपूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तेजेन्द्र भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने अनलाईनका सम्पादक डा.डिल्ली पोखरेलले धन्यवाद ज्ञापन गरे ।