खबर पूर्वाञ्चल
आज विराटनगरमा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले हामीले स्वीकार गरेको कानुन र संविधानको विपरीत जान नहुने भन्दै लगानी गर्न चाहनेको मनोबल घटाउने प्रयास कहिँ कतैबाट नभएको बताए । उनले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ कोशी प्रदेश सरकारले संकल्प लिएकोले यस संकल्पलाई पूरा गर्न सबैले आ–आफ्नो तहबाट प्रयास गर्नु पर्ने विचार राख्दै सरकारको नीति र कानुनको परिधिभित्र पाथिभरामा निर्माण सुरु भएको केवलकार परियोजनालाई विरोध र अवरोध गर्र्नु राम्रो नभएको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहनेलाई ५० लाख देखि ३ करोडसम्मको क्रृण बैँक मार्फत दिने र यसकालागि सरकारले धरौटी सुनिश्चित गरिदिने भन्दै लगानी अभिवृद्धि गर्न प्रदेश सरकारले सात वटा कानुनलाई संशोधन गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले नेपालको सबै भन्दा ठूलो बजार भारत भएकाले भारतलाई लक्षित गरी पर्यटन प्रवद्र्धन, वस्तु र सेवाका क्षेत्रमा लगानी गरी आय आर्जन गर्न सकिने भन्दै लगानी सम्मेलनबाट स्वदेशी लगानी कर्तालाई बढी ग्राहयता दिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानी गर्न उत्साह र हौसला घटाउने काम गर्नु दुर्भाग्य हो भन्दै लगानी प्रवद्र्धनमा केन्द्र, प्रदेश र स्थानीय तहले समन्वयात्मक भूमिका निर्वाह गनुपर्ने बताए । उनले लगानीकर्ताको लगानीबाट नै आर्थिक विकास हुने, उत्पादन र उत्पादकत्व बढ्ने, रोजगार सिर्जना हुने, राष्ट्रिय आय अभिवृद्धि हुने भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि सेवा बढाउन निजी क्षेत्रको साथ र सहयोगको महत्व रहेको बताए ।
अध्यक्ष ढकालले इमान्दारीपूर्वक मेहनतकासाथ काम गरेमा छोटो समयमै धेरै काम गर्न सकिने र यसबाट युवालाई स्वदेशमै काम गर्न पाउने अवसर निर्माण हुने बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन लगानी सम्मेलन फलदायी बत्रे बताए ।
कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले विकासले संस्कार र संस्कृतिलाई भत्किनदिन नहुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योगी हेमराज ढकाल, शैलेन्द्र गुरागाँइ, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुली, सहजका विज्ञ भोजराज पौडेलले पनि लगानी सम्मेलनको उपादेयताका बारेमा बोले ।