पूर्वाञ्चल खबर
मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो । यस्तै दुईमा नेविसंघ र दुईमा अनेरास्ववियुले जित हासिल गरेको छ।
मोरङका आंगिक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ । नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए । मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरे निर्वाचित भए ।
यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्। सुन्दर हरैचा स्थित सुकुना बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्।
पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई र उर्लाबारी बहुमुखी क्याम्पसको सभापतिमा पनि नेविसंघकै पोषण आचार्य निर्वाचित भएका छन् । । पूर्वकै सबैभन्दा ठूलो क्याम्पस विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ।