AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्व विजेता पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइलनमा, उपाधि भिडन्त थ्रीस्टारसँग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०८१, सोमबार २१:३४
108
Shares
चर्च ब्वाइज (सेतो जर्सी) का निशान लिम्बुले अगाडी बढाएको बल खोस्ने प्रयास गर्दै पुलिस ( रातो जर्सी )का अरुण गाहा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगर सहिद मैदानमा आज भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । चर्च ब्वाइज बुधबार हुने फाइनलमा थ्रीस्टारसँग प्रतिस्पधा गर्ने छ ।

थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

चर्च ब्वाइजको जितमा लाक्पा पाख्रिनले गरेको गोलनै निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालेको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए ।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको विजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । ३० माघमा ंपोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।

प्लेयर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर