AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आर्मीलाई स्तब्ध पार्दै थ्रीस्टार विराट गोल्डकपको उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०८१, आईतवार २२:१९
99
Shares
विराटनगर / थ्रीस्टार क्बल ९ औं संस्करणको रमपम विराट गोल्डकपको उपाधि नजिक पुगेको छ ।

थ्रीस्टारले अहिले भर्खर विराटनगरको सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलको अन्तरले पन्छ्याउँदै उपाधि नजिक पुगेको हो ।

थ्रीस्टारको जितमा प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।

दोस्रो गोल खेलको २८ औं मिनेटमा आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट नविनले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ औं मिनेटमा गोल गरे । दोस्रो गोल पेनाल्टी सुटआउटबाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

जितसँगै उपाधिको लागि थ्रीस्टारले भोली साँझमा हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए । २०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर