AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इस्कोन नेपालद्वारा गैरकानूनी गतिविधि विरुद्ध चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०८१, आईतवार १६:४०
72
Shares
काठमाडौं / नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले हालसालै केही व्यक्तिहरूले इस्कोनको नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी विभिन्न जिल्लाहरूमा गैरकानूनी रूपमा संघ(संस्था सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ।

इस्कोन नेपालले जारी गरेको आधिकारिक प्रेस विज्ञप्ति अनुसार मोरङ, सुनसरी, झापा, सिरहा, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा यस्ता गतिविधि संचालन भइरहेको थियो, जसलाई गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, उद्योग विभाग त्रिपुरेश्वर, र विराटनगर उच्च अदालतको आदेशअनुसार निषेधित गरिएको छ।

यसैबीच, इस्कोनले संस्थाका पूर्व पदाधिकारीहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास) र विनिस यादव (विपिन विहारी दास) लाई इस्कोनको नाम दुरुपयोग गरी जनमानसमा भ्रम सिर्जना गरेको आरोप लगाएको छ। साथै, शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्रबहादुर बस्नेत (खगराज अच्युत दास) विरुद्ध आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी मुद्दाहरू विभिन्न न्यायिक निकायमा विचाराधीन रहेको इस्कोनले जनाएको छ।

इस्कोन नेपालले यी व्यक्तिहरूलाई संस्थाबाट निष्कासित गरिएको जानकारी गराउँदै आम भक्तजन तथा शुभचिन्तकलाई इस्कोनसँग सम्बन्धित कुनै पनि दान(दातव्य तथा सहयोगका लागि बुढानीलकण्ठ नगरपालिका–५ स्थित इस्कोनको केन्द्रीय कार्यालयमा वा नेपालभरका आधिकारिक इस्कोन मन्दिर, शाखा तथा इकाइहरूसँग मात्र सम्पर्क गर्न आग्रह गरेको छ।

इस्कोन नेपालले यसप्रकारका गैरकानूनी गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भविष्यमा कुनै पनि भ्रममा नपर्न भक्तजनलाई सतर्क रहन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर