AArya
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलमा विद्यार्थी खेलाडी सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८१, बुधबार २१:४१
171
Shares
विराटनगर / विराटनगर ५ त्रिमुर्तिपथ स्थित किड्स भिलेजको १२ औं वार्षिक खेलकुद उत्सवको अवसरमा खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई आज पदक, प्रमाणपत्र तथा शिल्ड सहित सम्मानित गरिएको छ ।

विद्यालयले वर्ष दिन भरी गरिएका अतिरिक्त क्रियाकलाप अन्तर्गत क्रिकेट, फुटबल, टेबल टेनिस, दौडलगायत खेलकुदका विभिन्न विधामा कक्षा १ देखि ७ सम्मका उत्कृष्ट भएका विद्यार्थीलाई सम्मानित गरिएको हो ।

उत्कृष्ट विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर बुद्धिबहादुर प्रधान, विद्यालयका अध्यक्ष मदन खतिवडा, प्राचार्य विजय दाहाल, प्रवन्ध निर्देशक पंकज जैन, नवजित प्रधान,आलम गिर रैन, अभिनाष देव, सुरेन्द्र थापालगायत विद्यालयका सबै शिक्षक शिक्षिकाले सम्मानित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर