RUMPUM
animated ellipse animated ellipse

आगलागीबाट लाखौंको धनमाल क्षति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७३, मंगलवार १८:३३
3
Shares
उर्लाबारी, २२ चैत/विद्यूत सर्ट भइ आगलागी हुदा उर्लाबारी स्थित एक पोल्ट्रि पसलमा लाखौंको धनमाल क्षति भएको छ ।
उर्लाबारी–३ मंगलबारे थापाचोकमा स्थानीय सुवास खड्काले सञ्चालन गरेको पोल्ट्रि पसलमा सोमबार राती विद्यूत सर्र्ट हुदा“ पसल जलेर नष्ट भएका होे । आगलागी कारण करिब ७ लाख बराबरकोे धनमाल नष्ट भएको पीडित खड्काले बताए ।
सोमबार राती साढे १० बजे पसलमा आगलागी भएकोे थियो । स्थानीवासी,प्रहरी र वरुणयन्त्रको प्रयोग गरी एक घण्टा पछि आगो नियन्त्रणमा लिइएको अस्थायी प्रहरी चौकी मंगलबारेका प्रमुख रामकुमार शेर्पाले जानकारी दिए ।
अगलागीका कारण पसलमा भएका फ्रिज,एलइडी, तथा पोल्ट्रिका सामान,कुखुरा तथा औषधीहरु जलेर नष्ट भएको थियो । पसलसँगै रहेको चार कोठे घर पनि जलेको छ ।
यसैबीच उद्योग वाणिज्य संघ उर्र्लाबारीका अध्यक्ष चन्द्र्रबहादुर भट्टराई सहितको टोेली आज विहान घटनास्थल पुगी पीडितलाई क्षतिपुर्र्ति दिने निष्कर्र्श निकालेर फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर