AArya
RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०८१, आईतवार १९:०७
126
Shares
विराटनगर / मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि सुन्दरहरैचा विराट एक्स्पो आयोजना गरिने भएको छ ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गते सम्म एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आम्दानीबाट सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माण गरिने संयोजक दुलालले बताए ।

यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको संयोजक दुलालले बताए । उनले भने,‘ एक्स्पो आयोजनाबाट भएको वचत रकम सार्वजनिक शौचालय निर्माण कार्यका लागि हस्तान्तरण गरिने छ ।’ शौचालयको व्यवस्थापन सुन्दरहरैचा उद्योग वाणिज्य संघले गर्ने उनले बताए । हाल सञ्चालनमा रहेको शौचालय नमूना शौचालयका रुपमा सञ्चालित रहेको दुलालको भनाई छ ।

सुन्दरहरैचा औद्योगिक प्रर्दशनी केन्द्र, विराटचोकमा हुने एक्स्पोमा १९४ वटा स्टल हुने सुन्दरहैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए । आज एक्स्पो आयोजना स्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले बिजनेसका ११४, एग्रीकल्चरका ४०, अटोमोवाइलका १५ र होटका १६ वटा स्टल रहने बताए ।

कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापको अभिबृद्धि गर्ने र नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो स्वरोजगारी सृजना गर्ने एक्स्पोको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए । एक्स्पो अवधिभरमा विभिन्न विषयहरुमा अन्र्तक्रियाहरु गरिने भएको छ । विशेषगरि बाल स्वास्थ्य स्याहार, स्वास्थ्यका लागि खाना, कोशी पर्यटन वर्ष २०८२ को सन्र्दभमा पर्यटनको पुर्नविचार ः कोशी प्रदेशमा स्थानीय संलग्नताको प्रर्बद्धन, एआई, स्टार्टअप, साईवर सुरक्षाका विषयमा छलफल तथा बहस पैरवी गरिने अध्यक्ष कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर