किवीबाट बनेको तिनपाने रक्सी विराटनगरको विराट एक्स्पोमा आकर्षक
पूर्वाञ्चल खबर
१९ माघ २०८१, शनिबार ०८:४२
1.22k
Shares
विराटनगर / जुनुकुमारी लावतीले किवीबाट बनेको तिनपाने रक्सी विराटनगरमा जारी एक्स्पोमा आकर्षक रहेको छ ।
लावतीको मिक्लाजङ १ पाँचथर माङपाहाङ लावती कृषि उधोगले विराटनगरमा माघ १२ गतेदखि लागेको उघोग संगठन मोरङले लगाएको एक्स्पोमा किवीबाट बनेको तिनपाने लगायत किवीबाट बनेको जुस, जाम, मिक्स अचार, र स्कवासलगायत पर्दशनमा राखेकी छिन् । उनी कोशी प्रदेशमा थाहा पाएको हरेक महोत्सव किवीबाट आफै विभिन्न उत्पादन गरेर पर्दशनमा राख्ने गरेको बताइन् ।
लावतीलाई उनका श्रीमान बालिन्द्रकुमार राई साथ दिने गरेका छन् ।