पूर्वाञ्चल खबर
माईती नेपालले सीमा क्षेत्रमा मानव बेचविखनमा पर्नबाट जोगाएका तथा उद्धार गरिएकाहरुमा विराटनगरका वडा नं. २, ३, ६, १२, १३ र १४ नम्वर वडाका किशोरी तथा महिलाहरु देखिएपछि सो वडाका वडा सदस्यहरुलाई लक्षित गरि छलफल कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । वडा सदस्यहरु वडाका घर–घरमा पुग्ने भएकाले उहाँहरुलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम गरिएको उनले बताए ।
पछिल्लो समय मानव वेचविखनका घटनाहरुको स्वरुप परिवर्तन भएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन् । उनले भनिन,‘ मानव बेचविखनका घटनाहरु कम भएको छैन । अहिले स्वरुप परिवर्तन भएको छ ।’ सामाजिक सञ्जालको प्रयोगबाट मानव वेचविखनका घटनाहरु हुने गरेको बताए । सन् २०२४ मा सीमा क्षेत्र रानी विराटनगरबाट बेचविखनमा पर्न लागेका किशोरी र महिलाहरु गरि २१८ जनालाई फर्काईएको बताइन् । मोरङका मात्रै ७६ र विराटनगरका ७ जना विराटनगरका बालिकाहरु रहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा वडा नं ३ का वडा सदस्य सुरज न्यौपानेले माइती नेपालले विद्यालयहरुमा पनि गएर वालक र वालिका सवैलाई सहभागिता गराएर सचेतनामुकल कार्यक्रम गर्न आवस्यक रहेको बताए । सचेतनामुलक कार्यक्रमका लागि आफुले पनि पहल गर्ने बताए । वडा नं २ का सदस्य शेरसिंह दुगडले अभिभावकहरुलाई पनि सचेत गराउन आवश्यक रहेको बताए । सचेतनामुलक कार्यक्रममा बालिकाहरुसँगै अभिभावकहरु प्नि राख्न सुझाव दिए ।
कार्यक्रममा विराटनगरमा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यलय, वाल हेल्पलाईन मोरङ्ग, सिवीन नेपालका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।