AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको किड्स भिलेज स्कुलले ११औं वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०८१, आईतवार १८:२८
729
Shares
विराटनगर / विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ ।

विराटनगर–८ आरोहण गुरुकुलमा भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ को प्रमुख आतिथ्यतामा किड्स भिलेजले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बालकक्षादेखि ७ कक्षासम्मका विद्यार्थीहरूले आफ्ना प्रस्तुति राखेर उपस्थित अतिथि, अभिभावक र शिक्षक–शिक्षिकालाई मनोरञ्जन गराएका थिए । कार्यक्रमको थालनी बालकक्षाका छात्र–छात्राहरूले स्वागत नृत्यबाट गरेका थिए ।

त्यससँगै विद्यार्थीहरूले सांस्कृतिक पहिरनसहितको ‘फेसन शो’, हनुमान चालिसा, भजन, नाटक, कराते र तेक्वान्दोका कौशलातासमेत प्रस्तुत गरेका थिए ।त्यसैगरी स्कुलले आफ्ना ४२ जना विद्यार्थीहरूलाई दीक्षित गरेको थियो ।

कार्यक्रममा बोल्दै मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले किड्स भिलेजका विद्यार्थीकोहरूको प्रस्तुतीबाट मन प्रफुल्लित बनाएको सुनाए । किड्स भिलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरूलाई अब्बल बनाएको उनको भनाइ थियो ।

स्कुलका प्रिन्सिपल विजय दाहालले अभिभावकको साथ–सहयोग र भरोसाका कारण आफूहरूले ११औं वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

स्कुलमा आफूहरूले गरेको मेहनत र अभिभावकको साथले गर्दा विराटनगरको उत्तरी भेग पुष्पलाचोकमा मारिया किड्स मन्टेश्वरी स्कुल पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको बताए ।

स्कुलका प्रबन्ध निर्देशक पंकज जैनले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अभिभावकको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले निर्भिकताका साथ किड्स भिलेजका विद्यार्थीहरूले दिएको प्रस्तुतीबाट आफू बालापनमा फर्किन पुगेको बताए ।

किड्स भिलेजमा पठनपाठनसँगै विभिन्न कला–सीप सिकाउनेबारे थाहा पाउँदा आफूलाई खुसी लागेको पनि उनले बताए ।

कार्यक्रमको समापन गर्दै स्कुलका अध्यक्ष मदन खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको किड्स भिलेजप्रति अभिभावकको भरोसा बढेको बताए ।

कार्यक्रममा मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष मणिराज भट्टराई, सदस्य, ईन्द्र राई, समाजसेवी फुलकुमार लालवानी, विराटनगर प्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठ, सचिव चिरञ्जीवी तिम्क्सिनालगायतको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर