AArya
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महासंघ मोरङ अध्यक्षमा राय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८१, आईतवार ०८:२२
234
Shares
विराटनगर/ नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित भएका छन्।

विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित भएका हुन्।

२९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित भएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिए।

दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई गतिशील बनाउन देशैभरि खेलकुद प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताए।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहेएका बस्नेतले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुशरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्ने गरि नीति निर्माण गर्न पहल गरिरहेको प्रष्ट पारे।

त्यस्तै , अधिवेशनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले खेलकुद महासंघ एमालेको सवै भन्दा सक्रिय जनसंगठन रहेको भन्दै प्रशंसा समेत गरे ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे , मोरङ अध्यक्ष बाबुराम कार्कीलगायतले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर