AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश खेलकुद बोर्डमा दर्ता हुने पहिलो संस्था बन्यो कोशी फुटबल संघ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०८१, शुक्रबार १७:३२
360
Shares
विराटनगर / कोशी प्रदेश फुटबल संघ खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन – २०८१ अन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको छ। आज प्रमाणपत्र प्राप्त गरेसँगै फुटबल संघ कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा पारित मार्गदर्शन अन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको हो।

खेलकुद विकास बोर्डको २४ औं बोर्ड बैठकले पारित गरेको मार्गदर्शन अन्तर्गत दर्ता हुने पहिलो संघ बने संगै फुटबल संघले प्रदेश खेल संघ दर्ता नं १ प्राप्त गरेको छ।

बोर्ड कार्यालयमा प्रमाणपत्र हस्तान्तरण गर्दै सदस्य सचिव कृष्ण बस्नेतले ( पर्शुराम )ले प्रदेशमा सक्रिय खेलकुद संघ मध्येको फुटबल संघले सबै भन्दा अगाडी बोर्डमा दर्ता हुन आउँदा अन्य संघलाई समेत प्रेरणा प्राप्त हुने बताए। बस्नेतले प्रदेश खेलकुद बोर्डमा दर्ता भैरहँदा खेल संघ र बोर्ड बिच प्रत्यक्ष र घनिभूत सम्बन्ध स्थापित हुने बताए । फुटबल संघका अध्यक्ष किशोर राईले प्रमाणपत्र ग्रहण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर