श्रीमद् गरुण महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ सुरु
पूर्वाञ्चल खबर
१९ चैत्र २०७३, शनिबार २०:३०
3
Shares
पथरी, १९ चैत / मोरङको पथरीशनिश्चरेमा आज देखि श्रीमद् गरुण महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।
चैत २७ गते सम्म हुने नवाह पुराणको सभासद चन्डी प्र. राईले उद्धघाटन गरेका थिए । पुर्वका लोकप्रीय युवा आचार्य पण्डित केवलकृष्ण अधिकारीको सुमधुर संगीतमय कथा बाचन तथा पण्डित सुर्यनारायण तिम्सिनाद्धारा पाठ बाचन रहने छ ।
पुराण उद्धधाटन गर्दै प्रमुख अतिथि राईले संस्कृतीको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउदै सक्दो सहयोग गर्ने बताए । पुराणमा महामण्डलेश्वर हेमानन्द गिरी, समाजसेवी तिलक बान्तवा, शिक्षक रुपनारायण भट्टराई, देवराज भण्डारीलगायतले सहयोग तथा शुभकामना ब्यक्त गरेका थिए ।
२०६८ सालमा स्थापना संस्कृत बिद्यालयको स्तर उन्नतीको लागी पुराण सुरु गरेको बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष भवानीप्रसाद तिम्सीनाले बताए ।
२० गते देखि २६ गते सम्म कथा बाचन भजन कृतन झाँकी सम्मान तथा समय समयमा विभिन्न विद्धान विदुषीहरुद्धारा प्रवचन रहेको प्रअ उमाकान्त न्यौपानेले बताए ।