AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगरको अभिमुखीकरण कार्यक्रमको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८१, सोमबार १९:३०
630
Shares
विराटनगर / नेकपा एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा हुन गइरहेको विराटनगर महानगर स्तरीय अभिमुखीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

भदौ २६ गते विराटनगरमा जिल्ला कमिटीको आयोजना तथा विराटनगर महानगर कमिटीको संयोजनमा हुने अभिमुखीकरण कार्यक्रमको तयारी पुरा भएको हो ।

आज विराटनगर स्थित एमाले पार्टी कार्यलयमा आयोजित अभिमुखीकरण कार्यक्रमको तयारी बैठकमा बोल्दै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले महानगर कमिटीका गतिविधिहरू थप चलायामान बनाउने तथा महानगर कमिटीमा आवद्ध पार्टी सदस्यहरूलाई सैद्धान्तिकरूपमा प्रशिक्षित गर्ने उदेश्य साथ अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने बताए।

बस्नेतले हालै जिल्ला संगठन कमिटीका सदस्यहरू नयाँ जिम्मेवारी साथ भूगोलमा खटिरहनु भएकोमा अभिमुखीकरण कार्यक्रमले प्रदेश , जिल्ला र महानगर कमिटीबिच थप सहकार्य र समन्वय स्थापित गर्नेमा विश्वस्त रहेको धारणा व्यक्त गरे।

विराटनगर महानगरपालिकाका सचिव रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा महानगरका १९ वटै वडाका अध्यक्ष र इञ्चार्ज , महानगर कार्यलय समितिका सदस्य तथा क्षेत्रिय समन्वय कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको जानकारी दिए ।

त्यस्तै , बैठकमा सचिव कोइरालाले एमाले कोशी प्रदेश कमिटीको निर्णय अनुसार विराटनगर महानगरपालिकाको इञ्चार्जको भूमिकामा आउनु भएको बस्नेतलाई स्वागत तथा सम्मान समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर