विराटनगर, १८ चैत / फोहर व्यवस्थापन र सरुवा रोग सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।
विराटनगर उपमहानगरपालिकाको सहयोगमा सगरमाथा आमा समूह विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले सबैले फोहर व्यवस्थापनमा ध्यान दिनु पर्ने बताए ।
एक्लो प्रयासबाट मात्र फोहर व्यवस्थापन गर्न समस्या हुने भन्दै कोइरालाले फोहर व्यवस्थापनमा गृहिणीहरुको भूमिका अहम हुने बताए ।
सबैभन्दा बढी फोहर घरको भान्सा कोठाबाट उत्पादन हुने भन्दै जैविक र अजैविक छुट्टयाउन सके फोहर व्यवस्थापनमा सहज हुने बताए । उनले अनुशिक्षणमा सिकेको सिपलाई व्यवहारमा उतार्न पनि आग्रह गरे ।
विराटनगरको फोहर व्यवस्थापनमा सबैले सजग हुने हो व्यवस्थापनमा समस्या नहुने जानकारी दिए । कार्यक्रममा विराटनगर उपमहानगरपालिका इन्जिनियर घनश्याम काफले, स्वास्थ्य शाखा प्रमुख दशीलाल माझीले फोहर व्यवस्थापन कसरी गर्ने र फोहर व्यवस्थापन हुन नसक्दा कस्ता कस्ता समस्या भई विभिन्न रोगहरुले आक्रमण गर्न सक्छन् भन्ने अवगत गराएका थिए ।
सगरमाथा आमा समूहका अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो