AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सात सय भन्दा बढीले दिए एभरेष्टमा प्रवेश परीक्षा, ४ जीपीए ल्याउने ६ जनाले दिए परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०८१, मंगलवार १८:०३
918
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परीक्षा दिएको विद्यालय प्रशासनले जनाएको छ ।

एभरेष्ट स्कुलबाट एसईईमा तीन जनाले ४ जीपीए ल्याएका थिए भने रेड स्टार पथरीका दुई जना तथा विष्णु मेमोरियल सेकेण्डरी स्कुल धरानकी एक छात्राले एभरेष्ट रोज्ने बताएका छन् । ‘एभरेष्टको भौतिक संरचनादेखि शैक्षिक वातावरण समेत उत्कृष्ट लागेकाले यहि कलेज पढ्न मन लागेको हो’ धरानकी ग्रिष्मा लुईटेलले भनिन् ‘एभरेष्टले मास मात्र भेला गर्ने काम गर्दो रहनेछ, निश्चित सिटमा मात्र भर्ना हुने भएपछि यहाँ नतिजाका लागि उत्कृष्ट पढाई हुन्छ भन्ने लागेको छ ।’

यस्तै ४ जीपीए नै ल्याएर एभरेष्टमा प्रवेश परीक्षा दिएका रेड स्टार पथरीका अजय लिम्बुले समेत एभरेष्टको भौतिक पूर्वाधार र यहाँको शैक्षिक वातावरण लोभलाग्दो रहेको प्रतिकृया दिए । सिट भन्दा धेरैले प्रवेश परीक्षामा भाग लिएपछि एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले भने,‘हामी ति मध्येबाट निश्चित विद्यार्थी मात्र लिन्छौं, हामी धेरै विद्यार्थी भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न चाहन्छौं ।’ यस्तै उनले विद्यार्थीको शैक्षिक अवस्थालाई मूल्याङ्कन गरेर छात्रबृत्ति पनि दिइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर