AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सरकारले लेखाका कर्मचारीको माग सम्बोधन गर्ने भए पछि काममा फर्किए कर्मचारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८१, शुक्रबार १८:१०
153
Shares
विराटनगर /कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएसँगै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै काममा फर्किएका हुन् ।

‘कर्मचारीको न्यायोचित मागहरुको सम्वोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको परिस्थितिमा दवावमूलक कार्यक्रममा सहभागी सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई काममा फर्की सार्वजनिक सेवा प्रवाहमा संलग्न हुन हार्दिक अपिल गर्दछु,’ मन्त्री मगरले अपिल गरेका थिए । सोही अपिल पछि पेन डाउनको कार्यक्रम स्थगित गर्दै असार २० गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने आन्दोलनरत लेखाका कर्मचारीहरुले बताएका छन् ।

उनीहरुको तर्फबाट जारी विज्ञप्तिमा ‘सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने कर्मचारीहरुको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई न्यायोचित र समानतामा आधारित वृत्तिविकासको प्रावधान कानूनमा समेटिने विश्वास गर्दै दवावमुलक कार्यक्रमको स्वरुपलाई परिवर्तन गरी २०८१ साल असार २० गतेसम्म हातमा कालोपट्टी बाँधी कार्यालय समय अघिपछि समेत कार्य सम्पादन गर्ने र सो अवधीसम्मको अवस्थाको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको’ उल्लेख छ ।

मध्य असारमा धमाधम भुक्तानी गर्नुपर्ने जिम्मेवारी छोडेर लेखाका कर्मचारीहरू गत ६ गते असारदेखि आन्दोलनमा थिए । उनीहरूको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको थियो । कर्मचारीको आन्दोनलकै कारण मन्त्री, सांसद र कर्मचारीले पनि जेठको तलब अझै नपाएको बताइएको छ । आर्थिक कार्यविधि ऐन अनुसार आर्थिक वर्षको अन्त्य हुनुभन्दा ७ दिन अगाडि भुक्तानी रोक्नुपर्छ । त्यसअनुसार असार २४ गतेसम्म मात्रै भुक्तानी गर्ने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर