AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अभिषेकको सतकले वाइआरसीसी सेमिमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०८१, शुक्रबार १८:२७
108
Shares
विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतकले विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका प्रहार गरे । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो ।

जसमा विराटनगरका युथ–१९ को कप्तान देव खनाल १० बलमा ३१ रनमा आउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।

सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए ।

विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए । खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर