RUMPUM
animated ellipse animated ellipse

आमाको नाममा नागरिकता पाउने भए पनी कार्यान्वयन फितलो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७३, आईतवार १८:५३
3
Shares
विराटनगर, १३ चैत / संविधानले आमाको नामबाट समेत नागरिकता पाउने प्रावधान ल्याएको भएपनि त्यसको कार्यान्वयन पक्ष भने फितलो देखिएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
संकल्प क्षेत्रीय संजालको आयोजनामा आज विराटनगरमा आयोजित महिलाविरुद्ध विभेदपूर्ण संवैधानिक कानुनी व्यवस्था परिमार्जनका लागि क्षेत्रीय वकालत तथा पैरवी कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सहभागी महिलाहरुले कानुनमा आमाको नामबाट पनि नागरिकता पाउने अधिकारको व्यवस्था भएको भए पनि सहजरुपमा सो अधिकारको प्रयोग गर्न नपाएको गुनासो गरे ।
कार्यक्रममा अधिवक्ता मीना सेढाइले संविधानमा भएका कानुनी व्यवस्था र महिलाविरुद्धको विभेदपूर्ण कानुनी व्यवस्थाहरुका विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण गर्दै उनले अझै पनि नागरिकता, सम्पत्ति, अपुताली तथा उत्तराधिकारी, अदालती कार्यविधिलगायतका विषयमा अझै पनि विभेद कायम नै रहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर