AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोट्र्स मिटको १२ औं संस्करण भोलीदेखि सुरु हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०८०, मंगलवार १५:३५
486
Shares
विराटनगर / हिसान स्पोट्र्स मिटको १२ औं संस्करण भालीदेखि सुरु हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै भोलीदेखि हिसान स्पोट्र्स मिटको १२ औं संस्करण गर्न लागेको जानकारी दिएको छ । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोट्र्स मिट गर्न लागेको बताउँदै अध्यक्ष ढकालले भने, ‘०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको हो । पढाइका साथै खेलकुद पनि विद्यार्थीहरुको एउटा अंग हो । किनभने खेलकुदले विद्यार्थीहरुलाई शारीरिक तन्दुरुती मात्रै होइन उनीहरुको मन मस्तिष्कलाई पनि चलाएमान बनाउँदै दुवै क्षेत्रका आफ्नो प्रतिभा देखाउन सक्छन् ।’
हिसान स्पोट्र्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन् । यसपटकदेखि स्पोट्र्स मिटमा छात्रा फुटबल र कवडी खेल सहभागि गराएको अध्यक्ष ढकालले बताए । यस स्पोट्र्स मिटमा फुटबल छात्र तथा छात्रा, क्रिकेट (छात्र), बास्केटबल (छात्र), कवडी(छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्त दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर