AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार अधिकारीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरु सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०८०, शुक्रबार १८:०८
162
Shares
विराटनगर/ विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

१४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार महासँघ मोरङका पूर्व उपाध्क्ष कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, पूर्व स्वास्थ्यकर्मी शोभा लामा बल, संगीत क्षेत्रबाट कुशेश्वर राई, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्य क्षेत्रबाट शारदा कार्की सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा–२ मा अध्ययनरत छात्र रामकृष्ण यादवलाई छात्रवृत्ति स्वरुप १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अम्बेमुरारी सेवा केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु अम्बेमुरारी सेवा केन्द्रजस्ता संस्थाले गरिरहेको भन्दै मेयर कोइरालाले प्रशंसा गरे । आयोजक संस्थाकी अध्यक्ष भारती उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, संस्थाका महासचिव गंगाप्रसाद यादव, कोषाध्यक्ष चूडा ठकुरी, लक्ष्मी चौधरीलगायतले मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर