AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानिय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन– गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ चैत्र २०७३, बुधबार १७:०८
3
Shares
विराटनगर, ९ चैत । मधेशी जनअधिकारी फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानिय तहको निर्वाचनका लागि पार्टिका नेता तथा कार्यकर्ताहरुलाइ तयारी गर्न निर्देशन दिए ।
मधेशी जनअधिकारी फोरम लोकतान्त्रीक मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । आफ्नो पार्टिले स्थानिय तहको निर्वाचनको सदुपयोग गर्ने बताउँदै उनले अब कुनै भ्रम र अफवाहको पछाडि नदौडि निर्वाचनको तयारीमा जोडतोडका साथ लाग्न आग्रह गरे ।
अध्यक्ष गच्छदारले सबै पक्षलाई निर्वाचनमा सहभागी हुने वतावरण बनाउनु पर्नेमा समेत जोड दिए ।
अध्यक्ष गच्छदारले संविधान संशोधनका लागि अझै पनि समय रहेको भन्दै निर्वाचनलाई सार्थक बनाउन असन्तुष्ट पक्षलाई पनि सहभागी बनाउनु पर्ने बताए । अहिलेको परिस्थीतिमा आफू सरकारमा सहभागी नहुने समेत प्रष्ट पारे । उनले पछिल्लो समय आफु कांग्रेसमा प्रवेश गर्ने कुरा हल्ला मात्रै भएको बताउँदै कांग्रेसमा आफु प्रवेश गर्ने नभै आवश्यकता परेमा पार्टि एकिकरणको सम्भावना भने रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर