RUMPUM
animated ellipse animated ellipse

नागरिक मैत्री सेवा र मानव अधिकार अनुशिक्षणको तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार २२:०१
3
Shares
विराटनगर ८ चैत्र / जिल्लाको मातहतमा रहेका प्रहरीलाई ५ दिने नागरिक मैत्री सेवा र मानव अधिकार अनुशिक्षण चौथो चरणको तालिम सुरु भएको छ ।
आजदेखि सुरू भएको कार्यक्रममा अनुशिक्षण तालीमका प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक जमुना कुमारी बस्नेतले तालीम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३७ प्रहरीलाई तालिम दिएको हो ।
चौथो चरणको तालीममा प्रह ७, प्रज ३० जना ( १ महिला सहित) गरी ३७ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा ७ चरणमा सञ्चालन हुने यस तालीममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गरी जम्मा २ सय ६० जना प्रहरी कर्मचारीहरूले नागरिक मैत्री सेवा र मानव अधिकार तालीम हासिल गराउने भएको छ ।
कार्यालयले यस भन्दा अगाडी २ चरणमा भिड नियन्त्रण, ५ चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान, ४ चरणमा सुरक्षा नियन्त्रण र ३ चरणमा नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ति प्रशिक्षण) तालीम सम्पन्न गरेको प्रहरी नायव उपरीक्षक योगन्द्र सिह थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर