AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बजेट प्रतिस्थापन विधेयकमा कृषि उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राख्ने–मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०८०, मंगलवार २०:४४
90
Shares
विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रस्तुत गरिने बजेट प्रतिस्थापन विधेयकमा कृषि उत्पादन वृद्धिलाई विशेष प्राथमिकतामा राख्ने बताएका छन् ।
राष्ट्रिय तथ्याङक कार्यालयद्वारा आज विराटनगरमा आयोजित राष्ट्रिय कृषिगणना –२०७८  अन्तर्गत प्रदेशस्तरीय नजिता पुस्तक सार्वजनिक गर्दै उहाँले सरकारले कृषि  अनुसन्धान एवं यान्त्रीकरण गरी यसमा हुने व्यापार घाटा कम गर्न  विशेष जोड दिने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले कृषि उत्पादनबाट आत्मनिभर र निर्यातमुखी हुनका लागि प्रविधि मैत्री प्रयोगमा जोड दिन कृषकहरुलाई आग्रह गरे । उनले वाँझो जग्गालाई सदुपयोग गर्न एकिकृत रुपमा व्यवसायिक कृषि उत्पादनका लागि  कृषकलाई प्रोत्साहन गरिने समेत बताए ।
वर्तमान प्रदेश सरकार स्थिर हो भन्दै मुख्यमन्त्री कार्कीले चाँडै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । उनले प्रदेशमा सुरक्षा ,जनअधिकारको संरक्षण, समृद्धि संगै सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर