AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुर्तीजन्य पदार्थको अनुगमन तीव्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०८०, आईतवार १७:४६
180
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन अनुगमनलाई तीव्रता दिएको छ ।

विराटनगर मानगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले विराटनगर बजार क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ बरामद गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि महानगरको टोलीले बरामद गरेको करिब ६० किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको गरिएको थियो । महानगरले गत साउन १ गतेदेखि विराटनगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर