पूर्वाञ्चल खबर
प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजि कार्यक्रममा आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगको ३३ औैं आर्थिक वर्ष २०७९÷८० को बार्षिक प्रतिवेदेश ग्रहण गर्दै बताएका हुन् ।
प्रमुख खापुङ्गले प्रतिवेदन बुझ्दै आयोगको सुझावलाई सङ्घ, प्रदेश र स्थानीय निकायले कार्यान्वयन गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न सहयोग पुग्ने बताए । उनले भ्रष्टाचार न्यूनिकरण, सार्वजनिक सम्पत्तिको दुरुपयोग नियन्त्रण गर्न आयोग सचेत र सर्तकतापूर्ण कार्य आगाडि वढाएकोमा खुशी व्यक्त्त गरे ।
आयोगका इटहरी कार्यालय प्रमुख न्यौपानेले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्ने राज्यको नीति कार्यान्वयन गर्न निर्भिकता, निष्पक्षता र तटवस्ताका साथ कार्य सम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताए ।
आयोगको इटहरी कार्यालयमा सो अवधिमा कुल दुई हजार चार सय सात मध्ये एक हजार छ सय ६४ प्राप्त उजुरी छानवीन गरी फछर्र्याैट गरेको छ ।