AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले काेशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०८०, बुधबार १५:०८
99
Shares
विराटनगर /नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विराटनगरस्थित होटल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इनचार्ज रघुवीर महासेठले शपथ ग्रहण गराएका हुन् । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा धनकुटाका टीका चेम्जोङ, सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।

प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर