पूर्वाञ्चल खबर
नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज विहान विराटनगर आइपुगेका अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । अहिले मध्यावधि तर्फ जानु उचित नभएको उनको तर्क छ । उनले मध्यावधि गए अरूदलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’
अध्यक्ष ओलीले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताएका छन् । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेयस फैलाउन काम हुँदैन,’ उनले भने, ‘यो देश र जनताका लागि राम्रो होइन हितकर होइन । अन्य अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’
अध्यक्ष ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पथ्र्याे । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब काँग्रेस बोल्न सक्दैन’ उनले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चिन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ अध्यक्ष ओलीले भने ।