AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बुढानीलकण्ठ स्कुलमा कृष्ण जन्माष्ठमी महोत्सव 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०८०, सोमबार १६:५५
819
Shares
विराटनगर / विराटनगर – २ मा अवस्थित रहेर विगत ४० वर्ष देखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षीक तथा अतिरिक्त कार्यक्रममा अवल रहन सफल बुढानीलकण्ठ अ. मा. वि. मा विभिन्न अतिरिक्त धार्मिक तथा सांकृतिक कार्यक्रमहरु अन्तर्गत हालै कृष्ण जन्माष्ठमी महोत्सव कार्यक्रम मनाएको छ ।
 उक्त कार्यक्रमको शुरुमा कक्षा नर्सरीदेखि कक्षा पाँचसम्मका स–साना बच्चाहरु राधाकृष्ण तथा गोपीनीहरुको भेष धारण गरी मञ्चको रोनक बढाएका थिए । त्येसैगरि कक्षा चारदेखि कक्षा दशसम्मका विद्यार्थीहरुले फरक–फरक, ‘रात सुहानी’, ‘वो कृष्ण हे’, अच्युतम् केशवम्’, ‘गोकुल राज’, ‘बासुरी कृष्णकी’, ‘बाँके विहारीलाल’ जस्ता धार्मिक गीतहरुमा नृत्यका साथै नाटक मार्फत भगवान श्रीकृष्ण कंश मर्दन पश्चात आफ्ना बुबाआमालाई प्रथम पटक भेट्न जाँदाको पल प्रस्तुत गरिएको थियो ।
नाट्य प्रदर्शनका क्रममा कृष्णको भुमिका प्रदिप्त उप्रेती, वसुदेवको भुमिका संयोग पोखरेल, देवकीको भुमिका युनिसा दाहाल, नन्दलालको भुमिका ईसान अली खान, उग्रशेनको भुमिका विवेकानन्द शर्मा तथा कक्षा ६ र ७ का विद्यार्थीहरुले अन्य भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न विशेष भुमिका निर्वाह गर्नुहुने शिक्षकशिक्षिकाहरु  लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपुर्ण शिक्षक–विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर