AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८०, शुक्रबार १३:५३
207
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता भएको हो ।

गठबन्धन दलका तर्फबाट थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो । प्रदेश सभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ ।‌

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर