खबर पूर्वाञ्चल
सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको मृतक परिवारको गुनासो छ ।
साउन २३ गते सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि सिद्धान्तको शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा छोरा सिद्धान्तको दुर्घटना नभएर हत्या भएको बावु सुरेशले बताए । ‘छोराको अपहरण गर्न खोजिएको थियो । त्यो पुरा हुन नसकेपछि हत्या भएको छ,’ बावु सुरेशले भने, ‘छोराको हत्या भएको घटनामा प्रहरीले गहन रुपमा अनुसन्धान नगरेको पाइएको छ । यतिका दिनभइसक्यो अहिलेसम्म पोस्मार्टम रिपोटबारेमा पनि परिवारलाई जानकारी गराएको छैन ।’ प्रहरीले घटनाको सुष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने उनले माग राखेका छन् ।
घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बारे जानकारी नदिएको भन्दै उनले गुनासो गरे । उनले मोरङमा बसोबास भएको व्यक्ति सिराहाको होटलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको उनले बताए ।
भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए । उनको घाँटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भए पनि हातको घडी र चस्मा अझैसम्म फेला परेको खबर आएको छैन । को.१ च ९१७२ नम्बरको पिकअप जिपमा मार्केटिङका लागि गएका थिए । गाडीका चालक सागर रायसँग सहदेव होटेलमा खाजा र खान खाएपछि उनी बाहिर निस्केका थिए । राति १ बजेतिर होटेलका सञ्चालकले उनको मृत्यु भएको भन्ने खबर प्रहरीलाई गराएका थिए ।
गत मंगलबार पाथीभरा कापी उद्योगको व्यापारीक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरुलाई तत्काल न्याय चाहिने भए पनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भए पनि बाबु शम्भुलाई छोडिएको थियो,’ उनले भने, ‘शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भईरहेको छ ।
प्रहरीले घटना भएको होटलबाट लागुऔषध कारोबार हुने सूचना पाएपछि छापा हानेको थियो । त्यस क्रममा लागुओषध समेत बरामद गरेको बस्नेतले जानकारी दिइएको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पु¥याउने दावी छ ।