AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०८०, आईतवार १९:१०
117
Shares
विराटनगर / राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिएको छ ।

दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा आज भएको राजनीतिक दलमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयन अन्तर विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले राजनैतिक दलमा महिला नेतृत्वको संख्या बढ्नुपर्ने धारणा राख्दै संघ, प्रदेश र स्थानी तहको सरकारमा पनि महिलाको सहभागिता बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पुरुषबादी चिन्तनको कारणले महिलाले अवसर नपाएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश विश्वकर्माले बताए । कोशी प्रदेशको पाँच जिल्लाको ३९ पालिकामा ५९२ महिला जनप्रतिनधीहरुलाई राजनैतिक पहुचमा महिला सशक्तीकरण गर्नको लागि कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक नीलम ढुङ्गेलले जानकारी दिइन् ।

मोरङको ९ पालिकामा ११४ जना महिला जनप्रतिनधीको क्षमतिा अभिवृद्धी गर्दै महिला सशत्तीकरण कार्यक्रम भइरहेको उनले बताइन् ।

कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष बावुराम कार्कीले महिलाहरुलाई नेतृत्वका लागि आफैं अग्रसर हुन आग्रह गरे । ‘नेतृत्व दिएर मात्र होईन, लिन समेत अग्रसर हुनुपर्छ’ उनले भने, ‘सशक्तिकरणका माधयमबाट क्षमता विकास गरी हरेक क्षेत्रको नेतृत्व सम्हाल्न महिला आफैं अग्रसर हुनुपर्दछ ।’ महिला सशक्तिकरण पहिलो आवश्यकता बताउँदै उनले त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्र कटहरीका अध्यक्ष किशोरकुमार पाण्डले महिला आन्दोलनले एक उचाई प्राप्त गरिसकेको उल्लेख गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले महिला र दलित महिलाहरुको सशक्तिकरणको माध्यमबाट चेतनाको स्तर रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यपत्र प्रस्तुत गर्दै दलित महिला केन्द्र नेपालकी उपाध्यक्ष लक्ष्मी परियारले गएको निर्वाचनमा गठबन्धनको कारणले धेरै महिलाहरुले अवसरबाट बन्चित हुनुपरेको बताइन् । राजनैतिक सहभागिता नै महिला पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सशक्तिकरणका लागि राजनैतिक दलहरु अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर