पूर्वाञ्चल खबर
साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ आज आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्ष देखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालवालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालवालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् ।
‘२५० जना सम्म बालवालिकाहरुको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वासथ्य कर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौ ११ देखि १५ गतेसम्म संचालन हुनेछ ।
सरकारको सन २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप पु¥याउन यो रोगबाट बालवालिकाहरुलाई जोगाउन सकिने उनले बताए ।
‘खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।