AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०८०, बुधबार १६:४०
3.17k
Shares
विराटनगर/ विराटनगर – १० मा अवस्थिीत कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ ।

विराटनगरस्थित एक होटलमा आज भव्य कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका ९ औं व्याजका ९९० जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । भर्ना भएका मध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ५२० र होटल व्यवस्थापनमा १२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल नेपालले बताए । अभिमुखिकरणमा विद्यार्थीहरुलाई कलेजको नियम, कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यस विषयमा पनि जानकारी गराएको उनले बताए ।

सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गायक तुलसी घिमिरले गीत प्रस्तुत गरी रमाईलो गरे । कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्य इकाइ मोरङका प्रमुख टंकप्रकाश गौतमले प्रविधिको विकास सँगै रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, पिन्सिपल नेपाल, निर्देशकहरु शंकर काफ्ले, विष्णु दाहाल, प्राडा तेज नारयण मण्डल, इन्जिनियर जयनाथ यादवलगायतको बोलेका थिए ।

विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज सञ्चालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०७२ देखि छैठौं व्याजसम्ममा पाँच हजारभन्दा बढी विद्यार्थीले प्लस टु उत्तिर्ण गरेपछि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका छन् ।

यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ ।

कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको कान्तिपुर कलेजका प्रिन्सिपल नेपालले जानकारी दिए ।

विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर